लम्पी स्किनले सिन्धुलीमा ३९० पशु मरे, १९ हजार बढी संक्रमित

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । लम्पी स्किन रोगका कारण सिन्धुलीमा ३९० वटा पशुचौपाया मरेका छन् । यो रोग प्रकोपका रूपमा फैलिँदै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका सूचना अधिकारी तथा पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १९ हजार ४४७ वटा पशु संक्रमित छन् । बढी संक्रमित हुनेहरूमा गाई र गोरु छन् । सबैभन्दा बढी फिक्कल गाउँपालिकामा ६ हजार पशु संक्रमित रहेका र ५२ वटा पशुको मरेका छन् ।

सुनकोशी गाउँपालिकामा तीन हजार चार सय पशु संक्रमित छन् । २० वटा पशु मरेमा छन् । दुधौली नगरपालिकामा तीन हजार पाँच सय पशु संक्रमित छन् । ३० वटा पशु मरेका छन् । कमलामाई नगरपालिकामा एक हजार तीन सय संक्रमित छन् । ५७ वटा पशु मरेका तथ्यांकले देखाएको छ ।

यस्तै, मरिण गाउँपालिकाका एक हजार १० वटा पशु संक्रमित छन् । रोग संक्रमणकै कारण ३५ वटा पशु मरेका छन् । हरिहरपुरगढी गाउँपालिकाका एक हजार एक सय पशु संक्रमित छन् । १५ वटा मरिसकेका छन् ।

गोलञ्जोर गाउँपालिकाका ७११ पशु संक्रमित छन् । ८३ पशुको मृत्यु भएको छ । तीनपाटन गाउँपालिकाका दुई हजार ३३६ पशु संक्रमित, ३० पशु मरेका छन् । घ्याङलेख गाउँपालिकामा ९० वटा पशु संक्रमित छन् भने १५ वटा पशु मरेका पशु चिकित्सक नवराज थापाले जानकारी दिनुभयो ।

झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुँठी आउने, पशु वस्तुलाई कमजोर हुन्छ । रोग लागेका गाईभैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने पशुचौपायामा गर्भपतनको समस्या देखिने उहाँले बताउनुभयो ।

संक्रमण फैलिन नदिन गोठ वरिपरि सफा राख्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उहाँको सुझाव छ । यस रोगको रोकथामा र न्यूनीकरणका औषधि तथा खोपको अभाव भएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?