धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित, सुनीलबहादुर थापा पराजित

हिमालय टाइम्स
Read Time = 1 min

धनकुटा । धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित हुनु भएको छ ।

राईले नेपाली कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई पराजित गर्नुएको हो । राईले थापालाई ५ हजार ३८७ मतान्तरले पराजित गर्नुभयो ।
एमालेका राईले ३० हजार १०१ मत ल्याउँदा कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्‍याउनु भयो ।

यस्तै,माओवादी परित्याग गरि स्वतन्त्र उम्‍मेदवारी दिनुभएको हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याउनु भयो ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष्ता तथा पूर्व सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?