मुख्य प्रशिक्षकको दरखास्त आहृवान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आहृवान गरेको छ । एन्फाले बिहीबार एक मुख्य प्रशिक्षकका लागि दरखास्त आहृवान गरेको हो ।

एन्फाले फिफाको प्रो-लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आहृवान गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको छ ।

त्यसपछि भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली सम्हाल्नुभएको थियो ।

यस्तै, एन्फाले टेक्निकल डिरेक्टर, फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आहृवान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?