काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आधार पुगेको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँ राजीनामा दिने बताउनु भएको छ।
शुक्रवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै मन्त्री अर्यालले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि प्रमाण पुगेको खण्डमा कसैले राजीनामा माग्नै नपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा सभापतिलाई आरोप कहाँ लागेको छ ? उजुरी सर्टिफाइ छ ? जाहेरीमा कानून, ऐन, नियम पूरा गरेको छ कि छैन ? प्रहरीलाई सोध्नु जाहेरी लिएको छ कि छैन । राजीनामा दिनुपर्ने कारण छैन । माग्दैमा राजीनामा दिने होइन । मन्त्रीले राजीनामा दिने आधार भए माग्नु पर्दैन आफैँ दिन्छौं । हामी प्रमाणका आधारमा बहस गरौं ।’
प्रमुख प्रतिपक्षी दलका सांसदहरूले शुक्रवार प्रतिनिधिसभामा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरेको थियो ।
कांग्रेस सांसदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका थिए । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित समेत भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच