चलचित्र निर्माता एवं अभिनेता राणा र श्रेष्ठ प्रदेशसभामा निर्वाचित

Read Time = 3 mins

काठमाडौं । यसपालिको प्रदेशसभामा दुईजना चलचित्रकर्मीको प्रवेश भएको छ । प्रदेशसभामा निर्माता एवं अभिनेता रोज राणा र मधुकुमार श्रेष्ठको प्रवेश भएको हो । निर्माता राणा (सरोज थापा) लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो भने श्रेष्ठ बागमती प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।

राणा नेपाली कांग्रेसको तर्फबाट प्युठान प्रदेशसभा–१ (ख) बाट निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार हरिप्रसाद रिजाललाई एक हजार ७१२ मतान्तरले पराजित गर्दै राणा निर्वाचित हुनुभएको हो । उहाँले २२ हजार ५१९ मत ल्याउनु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी रिजालले २० हजार ८०७ मत ल्याउनुभएको छ । नवनिर्वाचित राणाले ‘दोस्ती’, ‘डन’, ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायत चलचित्र निर्माण तथा अभिनय गर्नुभएको छ । साथै राणाले चलचित्र ‘जय पर्शुराम’ र ‘मेरो पैसा खोइ’ निर्देशन गर्नुभएको छ ।

यस्तै, चलचित्र निर्माता एवं अभिनेता श्रेष्ठ धादिङ क्षेत्र नम्बर-१ (क) बाट विजयी हुनुभएको हो । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका श्रेष्ठले १७ हजार ८३२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५३८ मत प्राप्त गर्नुभएको छ । विजयी श्रेष्ठले चलचित्र ‘बिन्दास’, ‘बिन्दास २’ निर्माण एवं यी चलचित्रमा अभिनयसमेत गर्नुभएको छ । उहाँले अन्य केही चलचित्र निर्माण गर्नुका साथै अभिनय पनि गर्नुभएको छ ।

यसपटकको प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा अन्य कलाकारसमेत प्रतिस्पर्धामा छन् । यद्यपि, केहीले पराजय भोगेका छन् भने केही मतगणनामा पछाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?