-मधुसुधन संजेल
नेपाली मिडिया विशेष गरी टेलिभिजन प्रतिको आकर्षण आजको दिनमा खस्कँदो छ । दर्शक, श्रोता र पाठक के चाहन्छन्, रुचि के मा छ भन्दा पनि समाचार वा कार्यक्रम निर्मातालाई के देखाउन मन छ जस्ता कुराबाट अभिप्रेरत कन्टेन्ट प्रकाशन, प्रसारण हुनु पनि एक कारण हो आजको दिनको । विशेष त कुरा गरौं नेपाली टेलिभिजनको दुरावस्था ।
कार्यक्रम होस् वा समाचार आम मानिसको चासो र सरोकार भन्दा पर रही निर्माण हुने कार्यक्रम र समाचारले दर्शकको टेलिभिजन प्रतिको आकर्षण रसालत मै पुगेको तीतो यथार्थ हो आजको दिन ।
लगानीकर्ता मिडिया व्यवसायीहरूमा यस विषयमा ज्ञान नहुनु र आर्थिक मितव्ययिता का नाममा राम्रा भन्दा सहज र कम कर्चिला कार्यक्रम र समाचारमा धेरै ध्यान केन्द्रित गर्नु अर्को कारण हो ।
विशेष गरी टेलिभिजनको समाचारमा झनै दर्शक घट्नुका कारण समाचारहरू टेलिभिजनको तुलनामा छिटो र छरितो रुपमा अनलाइन मीडिया र सामाजिक सञ्जालमा उपलब्ध हुनु, टेलिभिजनको तुलनामा कम खर्चिलो हुने भएकोले खोज अनुसन्धान मुलक समाचार सामग्री अनलाइन र समाजिक सञ्जालमा तुरुन्त आउनु र विशेष गरी टेलिभिजनका समाचार र कार्यक्रम प्रति दर्शकको रुचि घट्नुका मुख्य कारण समाचार निर्माण प्रसारणमा मुख्य रूपमा दुई प्रकारका समाचारमा सीमित हुनु ।
ज्ञ – भयो ।
द्द – भन्नु भयो ।
‘आज देशमा/उपत्यकामा वा कहीं ठाउँ विशेष फलानो फलानो कार्यक्रम कहाँ के आयोजना भयो’ । ‘एक कार्यक्रमका बीच फलानो नेता, फलानो व्यक्ति, फलानो कुटनीतिक नियोगका प्रतिनिधि, फलानोले कहाँ के बताउनु भयो वा यसो भन्नुभयो ।’
खोज अनुसन्धान मुलक समाचार सामग्री अनलाइन र समाजिक सञ्जालमा तुरुन्त आउनु र विशेष गरी टेलिभिजनका समाचार र कार्यक्रम प्रति दर्शकको रुचि घट्नुका मुख्य कारण समाचार निर्माण प्रसारणमा मुख्य रूपमा दुई प्रकारका समाचारमा सीमित हुनु ।
यस्ता ‘भयो र भन्नु भयो’ समाचार प्रति न कसैको चासो नै छ न चिन्ता नै । समाचार के हो र समाचार केलाई बनाईनु पर्छ जस्ता आधारभूत ज्ञान नै नबुझेका केही व्यक्ति जो टेलिभिजमा कार्यक्रम चलाएर अनुहार देखाए कै भरमा (शो कल्ड सेलिब्रेटी पत्रकार) समाचारका तत्व ज्ञान बिना समाचार प्रमुख भएका छन् वा मिडिया मालिकका विविध स्वार्थका बीच समाचार प्रमुख बनाइएका छन् तिनीहरूबाट बन्ने समाचारमा न कुनै खोज न तथ्य उजागर गर्ने मनोविज्ञान नै हुन्छ । हुन्छ त केबल आफ्नो अनुहार देखाउनु र आफू समर्थित दल र तिनका नेताको पक्ष पोषण गर्नु । लामो अनुभव समाचारमा दक्षता भए का भन्दा यस्तै नेताका निकट मानिने र उनीहरूक सम्पर्क प्रयोग गरी आफ्नो स्वार्थ सिद्ध गर्ने धेयले अभिप्रेरित मिडिया मालिक सँग न कुनै भिजन छ न कुनै मिसन ∕सञ्चार माध्यमलाई सञ्चार भन्दा व्यक्तिगत लाभका रूपमा प्रयोग गर्ने गर्नाले आज मिडिया प्रति विकर्षण बढ्दो छ । यस्ता ‘भयो र भन्नु भयो’ समाचारबाट न जनता सुसुचित हुने न यसमा दर्शक आकर्षण नै बाँकी हुने ।
अनि प्रश्न आउँछ फेरि भ्युजको ?
‘भयो र भन्नुभयो’ जस्ता सतही समाचारमा भन्दा खोज मुलक र तथ्य उजागर गर्ने प्रकारको समाचार जसमा साच्चै आम मानिसको आकर्षण हुन्छ तर यस्ता समाचार बन्दैनन् र बनाईदैनन् यदि कोई पत्रकारले कुनै तथ्य पत्ता लगाएको खण्डमा उजागर गर्नु भन्दा समाचार हाल्ने वा रोक्नेमा बार्गेनिङ चल्छ वा नियोजित रुपमा कार्यक्रम वा समाचार बनाइन्छ ।
साँच्चै समाचारलाई सतही भन्दा खोज मुलक, तथ्य परक र सिर्जनशील बनाइने भए दर्शकको आकर्षण पक्कै पनि पुनः स्थापित गराउन सकिन्छ । दर्शकको रुचि के र कुन कुरामा छ आम मानिसको चासो र जीवन संग प्रत्यक्ष वा परोक्ष जोडिने कुराले कार्यक्रम र समाचार अर्थ पूर्ण हुन्छ भन्ने कुरा मनन गरी निर्माण गर्नु आजको आवश्यकता हो ।
समाचार र सृजनशिल मनोरञ्जनात्मक कार्यक्रमको कमी महसुस हुन्छ आजको दिनमा । खोजमूलक, सामाजिक, वर्गीय एजेण्डा, सूचना सँगै मनोरञ्जनात्क विषय तथा आम चासोको विषयमा ध्यान कसैको गएको देखिँदैन ।
युट्युब च्यानलका कन्टेन्टहरू सीमित साधन र श्रोत को अभावका बीच पनि आजको दिनमा टेलिभिजनका धेरै जनशक्ति ठूलो स्टुडियो, राम्रो लाइट, क्यामेरा, साउण्ड, मेकअप गरेर निर्माण गरिएका भन्दा खोज मुलक सामग्रीहरू र मनोरञ्जनका दृष्टिकोणले राम्रा छन्
टेलिभिजन अत्याधिक हुनु गुणस्तरिय जनशक्ति उत्पादन नहुनु । पत्रकार र सञ्चार कर्मीहरु राजनैतिक दलका भातृ संगठनका कार्यकर्ता हुनु । जसले राष्ट्रिय स्तरका नेताका अन्तवार्ता गर्न सक्षम छ उसैलाई लगानीकर्ताले समाचार प्रमुख बनाउनु, निरपेक्ष भन्दा सापेक्ष सतही समाचार र दुई कुर्सी प्रणालीमा आधारित कार्यक्रमले टेलिभिजनमा समय भर्नु जस्ता यावत् कुराले टेलिभिजन प्रतिको आकर्षण घट्दो छ ।
समाचार होस् वा कार्यक्रम निर्माण गर्ने सिलसिलामा राम्रा र कर्मठलाई भन्दा आफू अनुकूल ‘हुन्छ’ ‘हस्’ जस्ता पात्रलाई अगाडि सार्नु व्यवस्थापकीय कमजोरी हो । अनुभव र क्षमता भएकालाई सीमित बनाईनु वा तिनीहरुबाट आफू असुरक्षित महसुस गर्ने व्यवस्थापकीय सोचबाट ग्रसित मानसिकताले गर्दा आफू अनुकूल जसबाट नयाँ सिर्जनशील अनुकरण भन्दा मालिक र हाकिम खुसी बनाउने धेयबाट प्रेरित जनशक्तिले नौलो पन दिने सम्भावना रहँदैन ।
खोज अनसन्धान मुलक, तथ्य परक, ज्ञान र मनोरञ्जन सँगै सूचना दिने कार्यक्रम गर्न सके दर्शकको आकर्षण बढ्ने सम्भावना अवश्य नै छ ।
टेलिभिजन कार्यक्रम स्तरीय नहुनुमा टेलिभिजन व्यवस्थापक, लगानीकर्ता, सञ्चारकर्मी लगायतको ध्यान स्तरीय भन्दा छिटो र सजिलो कार्यक्रम उत्पादन गर्नु र अनगिन्ती खुलेका युट्युब च्यानलसँग प्रतिस्पर्धा गर्नु अर्को कारण हो ।
केही राम्रा युट्युब च्यानलका कन्टेन्टहरू सीमित साधन र श्रोत को अभावका बीच पनि आजको दिनमा टेलिभिजनका धेरै जनशक्ति ठूलो स्टुडियो, राम्रो लाइट, क्यामेरा, साउण्ड, मेकअप गरेर निर्माण गरिएका भन्दा खोज मुलक सामग्रीहरू र मनोरञ्जनका दृष्टिकोणले राम्रा छन् र तिनमा दर्शकको आकर्षण पनि धेरै छ । सँगै अपलोड भएका टेलिभिजन कार्यक्रम र समाचार भन्दा ती युट्युब च्यानलका सब्स्क्राइबर र भ्युज पनि धेरै छ ।
सामाजिक सञ्जालमा उपलब्ध अनेकन कन्टेन्ट मध्ये केही राम्रा प्रसंसनीय कन्टेन्ट हेर्दा पनि थाहा हुन्छ । टेलिभिजनका दर्शक प्लेटफर्म भन्दा पनि आजको दिन राम्रो कन्टेन्ट जहाँ हेर्न पाइन्छ त्यता सिफ्ट भएका हुन् ।
कन्टेन्ट राम्रो र दर्शकको रुचिको हुने भए दर्शकको कमी छैन भन्ने कुरा रियालिटी शो र हालै सम्पन्न वर्ल्ड कप छनौटको क्रिकेट खेल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदाका दर्शकको तथ्याङ्क हेर्दा पनि थाहा हुन्छ ।
अबका दिन कुन माध्यम भन्दा पनि के सामग्री हो त्यसमा निर्भर हुनेछ । जुन सुकै माध्यम वा सञ्जाल मार्फत नै किन नहोस् हेर्ने दर्शकको कमी छैन । मिडिया लगानीकर्ताले र व्यवस्थापनले बुझ्नु पर्ने कुरा के हो भने दक्षजनशक्ति र तार्किक सामग्रीमा ज्ञान भएका र ‘भयो, भन्नुभयो’ जस्ता समाचार भन्दा खोज अनुसन्धान मुलक र सिर्जनशील सामग्री निर्माणमा ध्यान दिए दर्शकको आकर्षण बढ्ने निश्चित छ । जहाँ भीड त्यहाँ व्यापार भन्ने कुरालाई मनन गरी दर्शकको चासोको विषयमा प्राथमिकता दिए सञ्चार गृह को खस्कँदो व्यापार ले राहत पाउने अवस्था आउँछ ।
जहाँ धेरै दर्शक त्यहाँ व्यापारिक सम्भावना र विज्ञापन दाताको ध्यान राम्रा कन्टेन्ट आजको आवश्यकता भनेर बुझ्न ढिला गर्नु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच