धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ मा छिमेकीको घरको पिढीको मुढामा बस्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ८ का ८६ वर्षीय भुलबहादुर ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ढुंगाना सोही स्थानका छिमेकी गोपाल कुमालको घरको पिढिमा मुढामा बस्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको हो ।
शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम