छिमेकीको घरको पिढीको मुढाबाट लडेर धादिङमा एक जनाको मृत्यु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ मा छिमेकीको घरको पिढीको मुढामा बस्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर ८ का ८६ वर्षीय भुलबहादुर ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ढुंगाना सोही स्थानका छिमेकी गोपाल कुमालको घरको पिढिमा मुढामा बस्ने क्रममा  लडेर घटनास्थलमै मृत्यु भएको हो ।

शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?