सुर्खेत । प्रतिनिधिसभाको १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेको छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेको छ।
जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का , क्षेत्र नम्बर २ मा हृदयराम थानी , दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।
यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मतदान जारी रहेको मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन् । हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।
कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन् । मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी हुँदा दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाह विजयी हुनुभयाे । जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी हुनु भएकाे छ । प्रदेशसभातर्फ अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेको छ ।
मुख्यमन्त्री बारे चर्चा सुरू
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएपछि अब को बन्लान भनेर चर्चा चल्न थालेको छ । चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी आठ नेता मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
भावी मुख्यमन्त्रीको रुपमा कांग्रेसबाट तीन, एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा थियो । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह-इञ्चार्ज गुलाबजंग शाह र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित हुनुभयाे ।
सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिनु भएकाे थियाे । यद्यपि, उहाँको निर्वाचन क्षेत्र जुम्ला (क) मा उहाँविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जित्नुभयाे ।
मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह-इञ्चार्ज गुलाबजंग शाह पनि हुनुहुन्छ । उहाँ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित हुनुभयाे । ०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश भामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आउनु भएकाे थियाे । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लड्नुभएका उहाँ त्यहाँ पनि पराजित हुनुभयाे ।
निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवबिक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् ।
माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार विन्दमान विष्ट हुनुहुन्छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक निर्वाचित भएका उहाँ यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसक्नु भएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच