इलाम–१ मा महेश बस्नेत निर्वाचित, पूर्वप्रधानमन्त्री खनाल पराजित

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । इलाम–१ मा नेकपा एमालेका उम्मदेवार महेश बस्नेत विजयी हुनु भएको छ ।

बस्नेत पूर्वप्रधानमन्त्री समेत रहनु भएको नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी बन्नुभएको हो ।

खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गर्नुभएका बस्नेतले २५ हजार ६९९ मत ल्याउनु भएको छ । खनालले २ हजार ३४५ मत पाउनु भएको छ।

पूर्वप्रधानमन्त्री खनालले मतगणना प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आउनु भएको छ । शनिबार फिक्कलस्थित निवासमा पत्रकार सम्मेलन गर्दै नेता खनालले गणनाका क्रममा सुरुमा ४३७ मत गायब भएको बताउनु भएको थियो । उहाँको विरोधबीच नतिजा सार्वजनिक भएको छ ।

उहाँले यस क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जित्दै आउनु भएको थियो । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?