बाजुरा मृत्यु प्रकरण : उच्चस्तरीय छानविन टोली पुग्यो बाजुरा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । यही मंसिर ४ गते बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारको उच्चस्तरीय छानबिन टोली बाजुरा पुगेको छ ।

गृहमन्त्रीस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पती ब्यबस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ ।

छानबिन टोली बाजुरा पुगी घटनास्थल पुगेर अध्ययन अनुसन्धान गरिरहेको छ । घटना स्थल सँगै बाजुरा स्थीत राजनीतिक दल, मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षा प्रमुख र सर्वसाधारण सँग छलफल समेत गरेको छ । सोमबार सदरमुकाम मार्तडीमा राजनीतिक दल सँग छलफल समेत गरेको छ ।

प्रत्येक दललाइ फरक फरक भेटघाट गरी छलफल गरेको प्रहरीले जनाएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र महान्यायाधिकक्ताको कार्यालयका उप न्यायाधिवक्ता रहेका छन् । छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन दिन समेत निर्देशन दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?