बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो ।

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?