फागुन २२ सम्म बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्नुपर्ने, नगरे खारेज हुने

Read Time = 1 min

काठमाडौं ।  बीमा प्राधिकरणले बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बीमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सूचनामा जनाईएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?