क्यामरुन र सर्बियाले खेले बराबरी

Read Time = 2 mins

दोहा । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले एकअर्काको पोस्टमा समान तीन÷तीन गोल गरेका छन् । सोमबार साँझ सम्पन्न खेलमा दुबै टोलीले बराबरी खेलेका हुन् ।

क्यामरुनका लागि खेलको २९ औं मिनेटमा जान चाल्र्स कास्टेलेटोले सुरुवाती गोल गर्नुभयो । उहाँले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गर्नुभयो । पहिलो हाफको इन्ज्युरी समयमा सर्बियाका तर्फबाट कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले बराबरी गोल फर्काउनुभयो ।

त्यसको दुई मिनेटपछि नै सर्बियाले खेलमा अग्रता बनायो । सर्गे मिलिन्कोभिच साभिचले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाले अग्रता दोब्बर पार्यो । जिभ्कोभिचकै पासमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्नुभएको थियो । त्यसपछि क्यामरुन खेलमा फर्कियो । ५५ औं मिनेटमा मार्टिन होंगलाको स्थानमा मैदान प्रवेश गर्नुभएका भिन्सेन्ट अबुबकार क्यामरुनको नायक बन्नुभयो ।

मैदान प्रवेश गरेको तीन मिनेटपछि नै अबुबकारले डिफेन्डरलाई छक्याएपछि गोलरक्षक भान्जालाई चिप गर्दै सुन्दर गोल गर्नुभयो । उहाँ त्यति मै रोकिनुभएन । त्यसको दुई मिनेटपछि नै अर्को गोल फर्काउँदै खेलमा तीन-तीनको बराबरी गर्नुभयो ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको तीन÷तीन अंक छ । सर्बिया र क्यामरुनले बराबरीका साथ एक-एक अंक बाँड्दै खाता खोलेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?