चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन

Read Time = 2 mins

बेजिङ । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध व्यापक प्रदर्शन भएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियमविरुद्ध प्रदर्शन भएको हो । राजधानी बेइजिङ र सांघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनिपिङको राजीनामासमेत माग गरेका छन् ।

चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनियाँ नागरिकहरूले चीन सरकारविरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । ‘लकडाउन’का कारण सोही अपार्टमेन्टमा आगलागी हुँदा उद्धार गर्न कठिनाई भएको भन्दै सर्वसाधारण आक्रोशित बनेका हुन् ।

प्रदर्शनकारीले कोरोनाविरुद्धको नियम खुकुलो नपारे आन्दोलन चर्काउने धम्कीसमेत दिएक छन् । चीनमा गत बुधबार एकैदिन ३१ हजार ५२७ जनामा कोरोना संक्रमण भएपछि नियन्त्रणका लागि चीन सरकारले देशका विभिन्न शहरमा लकडाउन गर्नुका साथै कोरोना परीक्षणलाई तीव्रता दिएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या हृवात्तै बढेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?