सर्लाही-१ समानुपातिकमा पाँच हजार मत बदर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीमा चारवटा निर्वाचन क्षेत्र रहेको छ । सर्लाहीमा एउटा निर्वाचन क्षेत्रको समानुपातिक मतगणनासमेत सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिक तर्फको समेत मतगणना सम्पन्न भएको निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले जनाएको छ । समानुपातिक मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । उसले नौ हजार ५०६ मत प्राप्त गरेको हो ।

त्यस्तै, नेकपा एमालेले सात हजार ९०२ मत प्राप्त गरी दोस्रो भएको छ । आठ हजार ६२९ मत प्राप्त गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तेस्रोे हुँदा नेपाली कांग्रेसले सात हजार ३३६ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ६८०, जनमत पार्टीले ६ हजार ४८, जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार ५७१, नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ५१ मत, नागरिक उन्मुक्ति पार्टीले चार हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन हजार ७६० मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायका अनुसार प्रतिनिधिसभातर्फ ७५ हजार ४१७ मत खसेको मध्ये ७१ हजार ८६३ मत सदर भएको छ । यस्तै, प्रदेशसभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले धेरै मत पाएको छ । कांग्रेसले क्षेत्र नं. १ (क) मा तीन हजार ६८० र (ख) मा पाँच हजार ९२०, माओवादी केन्द्रले (क) मा पाँच हजार ७५२ र (ख) मा तीन हजार २३१, लोसपाले (क) मा ६ हजार ८४७, (ख) मा एक हजार ७६५, नेकपा एमालेले (क) मा दुई हजार ३१९ र (ख) मा ६ हजार २५० मत प्रात गरेको छ ।

त्यस्तै, जनमत पार्टीले (क) मा तीन हजार ३६० र (ख) मा तीन हजार ४३८, जसपाले (क) मा तीन हजार ७६१ र (ख) मा दुई हजार ७४८, राप्रपाले (क) मा एक हजार ५६३ र (ख) मा दुई हजार ६१५, नेकपा (एकीकृत समाजवादी) ले (क) मा ४२६ र (ख) मा ३ हजार ६१३ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ समानुपातिकमा ७५ हजार १५७ मत खसेकोमा ६९ हजार ८९५ मत सदर र पाँच हजार २६२ मत बदर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?