क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियनसिप-२०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच प्रायोजन सम्झौता भएको छ । साउथ एसियन रिजनल च्याम्पियनसिप मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गर्नुभयो ।

सो सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरूका लागि खान, बस्नका लागि करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ । अध्यक्ष चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थलको नजिक भएकाले नेपाली घरलाई चयन गरेको बताउनुभयो । नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफानोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताउनुभयो । श्रेष्ठ नेपाल टेनिस संघका उपाध्यक्ष पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?