यु-१९ क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु-१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो ।

शनिवार लुम्बिनीले दिएको २२३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाउनुभयो । सरफराज मन्सुरले ३१ रन बनाउनुभयो । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाउनुभयो । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान तीन-तीन विकेट लिनुभयो । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान एक-एक विकेट रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गर्नुभयो । यस्तै, आकाश त्रिपाठीले २३ रन, विशाल भुसाल र निर्मल गुरुङले समान १३-१३ रन बनाउनुभयो भने देव खनाल ११ रनमा आउट हुनुभयो । त्यस्तै, नर सार्की २६ रनमा अविजित रहनुभयो । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता तीन विकेट, अभिषेक तिवारी र नितेश यादवले समान दुई-दुई विकेट लिनुभयो । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमवार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।

यस्तै, लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले तीन विकेटको क्षतिमा भेटाउन सफल भएको हो । प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेल्नुभयो । प्रदेश १ को तीन विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान एक-एक निकाल्दा एक खेलाडी रन आउट हुनुभयो ।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १५२ रन बनाउन सक्यो । सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहनुभयो । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सक्नुभएन । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले तीन-तीन विकेट लिनुभयो । फाइनल खेल सोमवार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?