आर्टेमिस-१ मिसन दोस्रोपटक पनि रोकियो

Read Time = 2 mins

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस-१ मिसन दोस्रोपटक पनि रोकिएको छ । गत हप्ता पठाउने भनिएको मिसन अन्तिम समयमा आएर रोकिएको थियो । पछिल्लो पटकको मिसन रकेटमा इन्धन चुहावट भएपछि रोकिएको जनाइएको छ । दोस्रोपटक मिसन रोकिएपछि रकेटलाई लञ्च प्याडबाट मर्मतका लागि निकाल्ने तयारी गरिएको छ ।

यो मिसन अब केही हप्ता थप रोकिन सक्ने जनाइएको छ । नासाले विकास गरेको अहिलेसम्मकै शक्तिशाली स्पेस लञ्च सिस्टम एसएलएसबाट रकेट प्रक्षेपणको तयारी गरिको थियो । यो रकेट लञ्च गर्न लञ्च भेहिकलका चार शक्तिशाली इन्जिनमा ३० लाख लिटर हाइड्रोजन र अक्सिजन पैदा गर्ने ऊर्जा आवश्यक पर्ने नासाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान रकेटको इञ्जिनमा इन्धन भर्दा इन्धन चुहिएको अलार्म बजेपछि यो मिसन दोस्रोपटक स्थगित भएको हो । यो मिसन ५० वर्षपछि चन्द्रमामा मानिस पठाउन तयार गरिएको हो । पहिलोपटक मानवरहित रकेट पठाउने र दुई वर्षपछि अन्तरिक्ष यात्रीसहितको रकेट पठाउने योजना नासाको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?