अफगानिस्तान सुपर चारमा

Read Time = 2 mins

काठमाडौं । अफगानिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । बंगलादेशलाई सात विकेटले हराउँदै अफगानिस्तानले लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै अफगानिस्तानले सुपर चारमा स्थान बनाएको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई आठ विकेटले हराएको थियो ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले १८ ओभर तीन बलमा तीन विकेट गुमाएर पूरा ग¥यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रानले अविजित रहँदै ४३ तथा इब्राहिम जाड्रानले अविजित ४२ रन बनाउनुभयो । हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले आठ रन बनाउनुभयो ।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साइफुदिनले एक-एक विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाउनुभयो । महमुदुल्लाहले २५ तथा मेहेदी हसनले १४ रन बनाउनुभयो ।

अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले तीन-तीन विकेट लिनुभयो । यस जितसँगै समूह ‘बी’को अफगानिस्तानले दुई खेलमा चार अंक जोडेको छ । अफगानिस्तान शीर्ष स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?