![नाडी दोष र परिहार](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Narayan-parasd-Nirula.jpg)
हाम्रो वेद विज्ञानको मूल ग्रन्थ हो । विभिन्न कालखण्डमा मुस्लिम शासकहरूले यसलाई नष्ट गरे भने अंग्रेजले यसलाई लुटेर लगे । अहिले प्राप्त वेदहरूमा मूल वेदको केवल चालीस प्रतिशत मात्र मन्त्रहरू छन् । वेदमा यस्तै एउटा विज्ञान थियो सोमतिती विद्या जो अहिले लोप भएर गएको छ । प्राचीन कालमा चारवटा गुरुकुलमा यो शिक्षा दिइन्थ्यो, महर्षि विश्वामित्रको गुरुकुलमा, महर्षि वशिष्ठको गुरुकुलमा, महर्षि भारद्वाजको गुरुकुलमा र उद्दालक गोत्रको शिकामकेतुको गुरुकुलमा । यी महर्षिहरू र गुरुकुलहरू हाम्रो हिमवत्खण्ड नेपालका हुन् । यस विद्याको प्रारम्भिक प्रशिक्षण वशिष्ठले आफ्नो प्रिय शिष्य लक्ष्मणलाई आफ्नै गुरुकुलमा दिएका थिए । यसबाहेक एक अन्य ब्रहृमचारी वर्णित पनि यो विद्याको राम्रो ज्ञाता थिए ।
लक्ष्मण यस विद्यामा यति निपूर्ण भइसकेका थिए कि पछि यस विद्यालाई लक्ष्मण रेखा भनियो । किनकि उनले सीताको सुरक्षाका लागि एउटा रेखा खिचेका थिए । यो विद्या महर्षि दधीचि र शाण्डिल्यले पनि जानेका थिए । यो विद्या केवल विशिष्ट ऋषिहरूसँग मात्र सीमित थियो । यसको प्रयोग अत्यन्त संयम तथा सतर्कताका साथ गरिन्थ्यो । सोमतिती मन्त्रको विशेष प्रयोग गरेर एउटा विशेष यन्त्र ‘सोमना कृतिका यन्त्र’लाई सक्रिय गर्न सकिन्थ्यो । पौराणिक ग्रन्थहरू अनुसार यो यन्त्र पृथ्वी र बृहस्पति ग्रहबीच स्थित छ र यसको क्षमता अग्नि, वायु र जलको परमाणुहरूलाई सोस्ने हो ।
हालसालै वैज्ञानिकहरूले आकाशगंगा मिल्कीवेमा दुई अति प्राचीन शृंखलाहरू शिव-शक्ति पत्ता लगाएका छन् । उनीहरूले आकाशमा शिव शक्तिलाई खोजिसकेका छन् । हाम्रा आराध्यदेव शिव तथा आरध्यादेवी शक्तिको नामले प्रसिद्ध यी ताराहरूको दुई प्राचीन शृंखलाहरू हुन् ।
यस यन्त्रलाई सक्रिय पार्न विशेष मन्त्रहरूको उच्चारण गरिन्छ जसमा शक्तिशाली तथा प्रभावी लेजर बिम जस्तै किरण उत्पन्न हुन्छ । यी किरणहरू पृथ्वीमा कुनै पनि स्थानमा एउटा सुरक्षित तथा अभेद्य परिधि बनाउँछ । यदि जो कोही यस परिधिमा बलजफ्ती प्रवेश गर्न खोज्छ, तब उसलाई अग्नि, विद्युत् र वायुको यस्तो प्रचण्ड झट्का लाग्छ कि ऊ तत्काल नष्ट हुन्छ । महर्षिश्रृंगीका अनुसार सोमतिती विद्याको उच्चारण अत्यन्त सावधानीपूर्वक र गहन आध्यात्मिक शक्तिका साथ गर्नुपर्छ । यो मन्त्र न केवल शब्दहरूको समूह हो, अपितु एउटा बृहत् आध्यात्मिक ऊर्जाको स्रोत पनि हो । जसको प्रयोगबाट सोमना कृतिका यन्त्र सक्रिय हुन्छ । यो विद्याको उपयोग लक्ष्मणले सीताको रक्षाको लागि गरेका थिए ।
यो विद्या केवल एक शारीरिक बाधामात्र थिएन, अपितु एउटा आध्यात्मिक सुरक्षा कवच पनि प्रदान गथ्र्यो । यसको अन्तिम प्रयोग भगवान् श्रीकृष्णले महाभारतको युद्धमा गरेका थिए । उनले युद्धक्षेत्रमा यस्तो एउटा रेखा खिचेका थिए कि कुरुक्षेत्रको युद्धमा हुने भयंकर विष्फोटहरूको प्रभाव रणक्षेत्रभन्दा बाहिर गएर आममानिसलाई नोक्सानी नगरोस् भनेर प्रयोग गरेका थिए । महर्षि श्रृंगीले भनेका छन् एउटा वेदमन्त्र छ, सोमंंब्रही वृत्तंं रतः स्वाहा वेतु सम्भव ब्रहे वाचम प्रवाणम अग्नं ब्रहे रेतः अवस्ति । यो वेदमंत्र कोड हो त्यो सोमना कृतिका यन्त्रको, पृथ्वी र बृहस्पतिको मध्य कतै अन्तरिक्षमा त्यो केन्द्र छ जहाँ यन्त्रलाई स्थित गरिन्छ । त्यो यन्त्र जल, वायु र अग्निको परमाणुहरूलाई आफूभित्र सोस्छ, कोडलाई उल्टो पारे एउटा खास प्रकारले अग्नि र विद्युत्को परमाणुहरूलाई फर्केर बाहिरतिर धकेल्छ ।
सोमंब्रहि वृत्तं रतः स्वाहा वेतु सम्भव ब्रहे वाचम प्रवाणम अग्नं ब्रहे रेतः अवस्ति, यो मन्त्रलाई सिद्ध गरेपछि त्यो सोमना कृतिका यन्त्रमा जति जसले अग्नि र वायुलाई सोसेको छ, ती परमाणुहरूमा फोेरम्यान आकाशीय विद्युत् मिलाएर त्यसको पात बनाइन्छ । अनि त्यो यन्त्रलाई सक्रिय पार्नुपर्छ र त्यसको मद्दतले एउटा लेजर बिम जस्तो किरणहरूले त्यो रेखालाई पृथ्वीमा गोलाकार तान्नुपर्छ । त्यसभित्र जो रहन्छन् सुरक्षित रहन्छन् तर बाहिरबाट भित्र जो कोही पनि प्रवेश गर्न खोजे उसलाई अग्नि र विद्युत्को यस्तो झट्का लाग्नेछ ऊ त्यहीँ खरानीमा परिणत हुनेछ । यो सोमतिती मन्त्र यही हिमवत्खण्ड नेपालमा सृष्टि भएको थियो । अस्तु ।
हालसालै वैज्ञानिकहरूले आकाशगंगा मिल्कीवेमा दुई अति प्राचीन शृंखलाहरू शिव-शक्ति पत्ता लगाएका छन् । उनीहरूले आकाशमा शिव शक्तिलाई खोजिसकेका छन् । हाम्रा आराध्यदेव शिव तथा आरध्यादेवी शक्तिको नामले प्रसिद्ध यी ताराहरूको दुई प्राचीन शृंखलाहरू हुन् मिल्कीवेको निर्माणमा यिनीहरूको अहम् भूमिका थियो भनेर मानिएको छ । यो खोजले वैज्ञानिकहरूलाई जीवन यात्राको बारेमा नयाँ जानकारीहरू पाएका छन् । युरोपीय अन्तरिक्ष एजेन्सी इएसएको गाइया टेलिस्कोपले खोजिएका यी श्रृंखलाहरूका बारेमा वैज्ञानिकहरूको अनुमान दुई बेग्लाबेग्लै आकाशगंगाहरूको अवशेष हो जसले मिलेर नयाँ आकाशगंगा मिल्कीवेलाई जन्म दिए भन्ने छ ।
शिव र शक्ति शृंखलाहरूको ताराहरूको रासायनिक ढाचा उही हो जसरी १२-१३ अर्ब वर्षपहिला जन्मिएका ताराहरूमा पाइन्छ । दुवै शृंखलाहरू शिव र शक्तिको भार हाम्रो सूर्यभन्दा एक करोड गुणा धेरै छ । हाम्रा पुराणहरूमा शिव र शक्तिको मिलनले ब्रहृमाण्डको उत्पत्ति भएको वर्णन छ । जर्मनीको माक्स प्लांक इन्स्टिच्युटको खगोलविद ख्याति मल्हान यो शोधको मुख्य शोधकर्ता हुन्, जुन गत हप्ता ‘एस्ट्रोफिजिकल’ नामक पत्रिकामा प्रशाशित भएको छ । मल्हानले भनेकी छिन्, ‘मोटामोटी हाम्रो शोधको उद्देश्य मूल प्रश्नको उत्तर खोज्नु छ कि आकाशगंगाहरू कसरी बन्छन् ।’
मिल्कीवे करोडौं-अर्बाैं ताराहरूको समूह हो जो केवल एक लाख प्रकाश वर्षको परिधिभित्र फैलिएको छ, ताराहरू, ग्यासहरू र ताराहरूको धुलोका रूपमा यो समूह एक लहरजस्तै लम्बाइमा छ । मल्हनको भनाइ अनुसार, ‘हाम्रो अध्ययनले यो थाहा भएको छ कि मिल्कीवेको प्रारम्भिक समय कस्तो थियो होला, हामीले ताराहरूका ती दुई समूहहरूको पहिचान गरेका छौं जो मिल्कीवेको निर्माणको अगाडिको अन्तिम चरण भएको हुनुपर्छ ।’
यो हिमवत्खण्ड शिव शक्तिको व्यवस्थाले दीक्षित मुलुक हो । तर, अहिले शिवशक्तिबाट दीक्षित यस पवित्र मुलुकलाई यशुमुलुक बनाउन कटिबद्ध छन् । जबकि हाम्रा शिव र शक्ति कुनै कालमा विश्वव्यापी विभिन्न नामले विराजमान थिए र अहिले पनि अदृश्य रूपमा छन् ।
जुन गाइया टेलिस्कोपले यो खोजमा मद्दत गरेको छ । त्यसले सन् २०१३ देखि काम गर्न सुरु गरेको थियो । यो दुरबिनले अहिलेसम्मको मिल्कीवेको सबैभन्दा ठूलो थ्रिडी नक्सा तयार गरिरहेको छ । यसैले ख्याति मल्हान र उनको टोलीले शिव–शक्तिलाई चिन्ने मौका पाए । जुन बिग बैंगले आकाशगंगाहरूको निर्माण सुरु भयो, त्यो करिब १३.८ अर्ब वर्ष पहिला भएको थियो । शिव र शक्ति अब आकाशगंगाको केन्द्रबाट ३० हजार प्रकाश वर्ष टाढा स्थित छ । शिव केन्द्रको धेरै नजिक र शक्ति समूह टाढा छ । सन् २०२२ मा गाइयाको माध्यमबाट वैज्ञानिकहरूले ताराहरूको एउटा थप समूह पत्ता लगाएका थिए, जसलाई ‘पुअर ओल्ड हार्ट’ नाम दिएका थिए ।
यो समूह आकाशगंगाको जन्मको समयदेखि नै त्यहाँ अवस्थित थियो तर शिव र शक्ति समूहमा जुन ताराहरू छन् तिनीहरूको रासायनिक संरचना आकाशगंगाको अन्य ताराहरू भन्दा बेग्लै छ । यी ताराहरूमा फलाम, कार्बन, अक्सिजन र अन्य गह्रुंगो धातुहरू कम मात्रामा विद्यमान छन् र यी धातुहरू ती ताराहरूमा विद्यमान थिए जुन ब्रहृमाण्डको निर्माणको प्रारम्भमा बनेको थियो । जब ती ताराहरूको जीवन समाप्त भयो र उनीहरू टुक्रा टुक्रा भए यी तत्व पूरै ब्रहृमाण्डमा छरिए । मल्हान भन्छिन्, ‘आदर्श रूपमा हामी मिल्कीवेको जन्मको प्रारम्भदेखि अहिलेसम्मको पूरै यात्राको नक्सा बनाउन चाहन्छौं, यो १३ अर्ब वर्ष पहिलाको लामो एउटा फिल्मजस्तो हुनेछ तर यो सहज छैन ।’
हाम्रा वेद, पुराणहरूले पनि हजारौं वर्षअगाडि नै यो सबै ब्रहृमाण्डहरूको सृष्टि शिव र शक्तिले गरेको हो भनेको छ जुन कुरा आज आधुनिक विज्ञान पनि मान्न तयार छ । यो पवित्र भूमि शिव र शक्तिको भूमि हो तर आज असुरहरू र तिनीहरूका आसुरी शक्तिहरू यसलाई ध्वंश गर्न लागिपरेका छन् तर एक दिन तिनीहरू नाश भएर जानेछन् । शिवशक्ति यो ब्रहृमाण्डभरि विराजमान छ । ऋग्वेदमा रुद्रलाई पृथ्वीमा बिजुली दिने भनिएको छ । उनी शिव स्वरूप मानिन्छन् । यही रुद्र मेसोपोटामिया सभ्यताको शहर जो अहिले इराकमा छ, बेबिलोनमा अदद हुन्छन् । अक्कादि काल याने २ हजार ३०० इसापूर्वको एउटा मुद्रामा रुद्र सिंहको रथमा सवार छन् ।
उनीसँग एउटी देवी छिन् साँढेमाथि उभिएकी छिन् र उनीसँग एउटा त्रिशूल छ, देवीको नाम शल हो । अन्य मुद्रामा उनी साँढेमा नै हुन्छिन् र हातमा त्रिशूल हुन्छ । रुद्र पूजाको एउटा महŒवपूर्ण प्रसार हित्ती राज्य थियो जहाँ आर्यहरूको शासन थियो । हित्तीहरूको अनातोलिया बादलहरू र हुरीहरूको देश हो, यसैले रुद्र उनीहरूको विशेष देव हुन् जो वृषभसँग हुन्थे । आफ्नो साँढेसँग रुद्र रोमन साम्राज्यमा पनि देखिन्छन् जो दोलकेनुस नामले पूजा गरिन्थ्यो । सिरियाको शिल्पमा रुद्रले आफ्नो हातमा बन्चरो लिएका छन् । तौरसको पहाडी क्षेत्र र उत्तरी सिरियाको फाँटमा रुद्रका सबैभन्दा बढी मन्दिर थिए । यहाँ रुद्रको नाम तेशब र उनकी पत्नीको नाम हेबत हो जो तेशब झैँ पूज्य थिइन् र सदैव तेशवसँग हुन्थिन् ।
यो शिमवत्खण्डमा शिव पशुपतिनाथ हुन् र योगी पनि हुन् । हडप्पामा ध्यानस्थ मुद्रामा शिव पाइन्छन्, वृषभका साथ । कालान्तरमा शिव जीवन शैलीमा रूपान्तरित हुन्छन् । यो हिमवत्खण्ड शिव शक्तिको व्यवस्थाले दीक्षित मुलुक हो । तर, अहिले काला र गोरा फिरंगीहरू र यहाँका शिखण्डीहरू शिवशक्तिबाट दीक्षित यो पवित्र मुलुकलाई यशुको मुलुक बनाउन कटिबद्ध छन् । जबकि हाम्रा शिव र शक्ति कुनै कालमा विश्वव्यापी विभिन्न नामले विराजमान थिए र अहिले पनि अदृश्य रूपमा छन् । हाम्रो अद्वितीय महान् वैदिक सनातन धर्म र यसको संरक्षक संस्थालाई यो देशमा विराजमान नगराए यी आसुरी शक्तिहरूले यो देश नै रहन दिने छैनन् र संँगै शिवशक्तिको नाम नै मेटाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच