खोटाङको मात्तिमबिर्तामा बस दुर्घटना, चार जना घाईते

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा यात्रुबहाक बस दुर्घट्ना हुँदा चार जना घाईते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभन्ज्याङबाट दिक्तेलतर्फ आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–५ मात्तिमबिर्ता कामीस्वारा बरमा आईतबार बिहान सडकमै पल्टेर दुर्घट्ना हुँदा सह चालकसहित चार जना घाईते भएका हुन् ।

दुर्घट्नामा साकेला गाउँपालिका–३ खिदिमाका २३ वर्षीय दीपेन्द्र तामाङ, खिदीमाकै ४५ वर्षीया कल्पना राई, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका २८ वर्षीया इन्दिरा पुरी र बसका सह–चालक शारदा नगरपालिका सल्यानका मिलन मगर घाईते हुनुभएको छ ।

दुर्घट्ना भए लगत्तै साकेला गाउाँपलिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष र्बिसिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई र वडाध्यक्ष जीवन खत्रीको टोली घट्नास्थलमा पुगी स्वास्थ्यकर्मी झिकाएर घाईतेहरुको प्राथमिक उपचार गरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल उपचारमा पठाईएको छ ।

सामान्य घाईते भएका चारजनाको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएका कारण गाडी सडकमै पल्टिएको थियो । बसमा चालकसहित ५ जना सवार थिए । सडकमा पल्टिएको बसलाई जेसिभी लगाएर साइड लगाई यातायात सञ्चालनमा ल्याईएको मात्तिमबिर्ताका वडाध्यक्ष खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?