काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई पाँच हजार ४३७ मतान्तरले पराजित गर्नुभएको हो । बुधबारबाट सुरु भएको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभयो । ०६४ पछि बाजुरामा कांग्रेसले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जिते पनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराउनुभएको छ । बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो । विद्यार्थी राजनीतिबाट उदाउनुभएका पाण्डे २०५९ सालमा नेविसंघको उपाध्यक्ष हुनुभएको थियो । २०६७ र २०७२ सालको महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य हुनुभएका उहाँ १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभयो । पाण्डे २०७० सालको संविधानसभाको चुनावमा समानुपातिक तर्फबाट सांसद हुनुभयो भने २०७४ सालमा राष्ट्रियसभाको सदस्य निर्वाचित हुनुभएको हो ।
निर्वाचन प्रक्रिया पूर्ण नभएसम्म आचारसंहिता जारी रहन्छ : निर्वाचन आयोग
निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । बुधबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पार्नुभयो ।
उहाँले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताउनुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि मतको हिसाब गरेर दललाई पत्र लेख्ने र दलले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रस्ट पार्नुभएको छ । सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताउनुभयो । उहाँले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच