सेनेगलमाथि फराकिलो जित निकाल्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्ल्याण्ड फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को खेलमा सेनेगलमाथि ३-० गोलको जित निकाल्दै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्याण्डको जितमा जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एकरएक गोल गरे ।

अफ्रिकी च्याम्पियन सेनेगललाई पराजित गरेसँगै इंग्ल्याण्डले अन्तिम आठमा प्रतिद्वन्द्वी साविक विजेता फ्रान्स पाएको छ। फ्रान्सले अन्तिम १६ को खेलमा पोल्यान्डलाई पाखा लगाएको थियो ।

इंग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इंग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इंग्ल्याण्डले ३-० ले जित्यो । ङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रन्सले अइतबार राती भएको खेलमा पोल्यान्डलाई ३(१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्ड र फ्रान्सबीच सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार भिडन्त हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?