पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित हुनुभएको छ । शनिबार राति सकिएको मतगणनाको अन्तिम परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित हुनुभएको हो ।

उहाँले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याउनुभयो । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिनुभएको थियो। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो। विवाद समाधानका लागि पटक(पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?