कन्हैयाको ‘अचानक’ लाई छोटो समयमै मिलियन प्लस भ्युज

Read Time = 2 mins

काठमाडौं । दुई हप्तामा मिलियन प्लस भ्युज भएपछि गजल ‘अचानक’को सेलिब्रेसन गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा केक काटेर सेलिब्रेसन गरिएको हो । नेपाली संगीतप्रेमी श्रोता/दर्शकलाई दिलैदेखि धन्यवाद प्रकट गर्न सेलिब्रेसन गरिएको गायक कन्हैया सिंहले बताउनुभयो ।

सञ्चारकर्मी हेम सुवेदी, निर्देशक गम्भीर विष्ट, नायक गजित विष्ट, सञ्चारकर्मी/निर्देशक माधव खरेल, सञ्चारकर्मी/गीतकार गीता अधिकारीलगायतको उपस्थितिमा ‘अचानक’ गजलको सेलिब्रेसन गरिएको थियो ।

गायक कन्हैया सिंह परियारको स्वर, डा.कृष्णहरि बरालका शब्द रहेको यो गजलले दुई हप्ताको अवधिमा मिलियन प्लस श्रोता/दर्शकको माया पाउन सफल भएको सुखद् उपलक्ष्यमा धन्यवाद ज्ञापन गर्दै केक काटेर सेलिब्रेसन गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाका अध्यक्षसमेत रहनुभएका गायक कन्हैया सिंह परियार प्रविधिको सहयोगमा जोडिनुभएको थियो । गजललाई श्रोता/दर्शकको मायाले आफू खुशी भएको संगीतकार सन्तोष श्रेष्ठले बताउनुभएको थियो भने गायक सिंहले आफ्नो ३० वर्षको सांगीतिक यात्रामा पहिलोपटक गाएको गजल लोकप्रियताको शिखर उक्लिरहेकोमा यो क्षणलाई महत्वपूर्ण रूपमा हेरेको जनाउनुभयो ।

गजलमा राजु कार्की एरेञ्ज, कमल थापा रेकर्डिष्ट, श्यामश्वेत रसाइली मिक्सिङ एवं मास्टरिङ छ । भिडियोमा गजित विष्ट र अञ्जलि अधिकारीको अभिनय, बुद्ध थापाको छायांकन, सुबोल थापाको नृत्य निर्देशन, नवीन निरौलाको सम्पादन र गम्भीर विष्टको निर्देशन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?