कालीकोटमा प्रहरीको छड्के अप्रेशन मार्फत घरेलु मदिरा नष्ट

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 2 mins

कालीकोट । कालीकोटमा प्रहरीले घरेलु मदिरा बिक्रीवितरणमा कडाई गरेको छ । आइतबार सदरमुकाम मान्ममा प्रहरीले छड्के अप्रेशन गर्दै मदिरा बनाउन थालिएको कच्चापदार्थ, अवैध घरेलु मदिरा नष्ट गरेको हो । विगतका बर्ष यता घरेलु मदिरामा खासै चासो नदेखाएको प्रहरीले यसपटक भने छड्के अप्रेशन मार्फत मदिरा नष्ट गरेको हो ।

गएको फागुन महिना यता मदिरा नियन्त्रणमा प्रहरीले खासै चासो दिएको थिएन । सदरमुकाम मान्म तथा आसपासका क्षेत्रमा अवैध मदिराका कारण १४ वर्षदेखि माथिका बालबालिका तथा अन्य नागरिक अपराधजन्य घटनामा सहभागी हुन थालेका र मदिराकै कारणले घरेलुहिंसा बढ्दै गएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्ला सदरमुकामसँगै जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा जफत गर्ने बताउनुभयो । गाउँमा यसकै कारणले विवाद हुने र घटना हुने, बाटोमा हिँड्ने बटुवाले समेत घरेलु मदिरामा सस्तोमा पाउने भएकाले सेवन गरेर अकालमै ज्यान जाने हुँदा नियन्त्रणका लागि जिल्लाबाटै सुरु गरेको सुनाउनुभयो ।

एकै दिनमा प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोशीले आफ्नो कमाण्डमा खटिएको टोलीले शङ्कास्पद होटलबाट मात्र यतिको परिणाममा मदिरा र मदिरा बनाउन प्रयोग हुने वस्तुलाई ल्याएर नष्ट गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?