शारीरिक सुगठन टोली थाइल्याण्ड जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्याण्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य-सचिव अञ्जन धमलाले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?