रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरसहित चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?