हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआइएलाई ३४-२७ ले पराजित गर्‍यो । जितमा हेम्सका हेमन्त राजवंशीले २० अंकको योगदान गर्नुभयो । स्प्याङ्गल तेस्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा पूजा थापाको १० अंकको सहयोगमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई १२-७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेस्रो स्थानमा चित्त बुझायो । घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले चैतन्यमाथि २२-१४ को जित रच्यो । काठमाडौं जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गर्नुभयो । सूर्योदय तेस्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका दृश्य खड्का, सिनियर गल्र्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा एआइएका दिगेश आले मगर, सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो ।

सिनियर ब्वाइजमा चैतन्य, सिनियर गल्र्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआइए अनुशासित टिम चुनिए । विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय कमिटीका अध्यक्ष दिनेशकुमार पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सिनियर ब्वाइजमा १७, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा नौ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?