मंगलम प्रोड्रेन पाइप

Read Time = 3 mins

काठमाडौं । घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिंकलगायतबाट निस्किने फोहोर पानी ढल प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी संकलन वा निकास गर्नु हो । उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्तामा पानी रसाउने जस्ता धेरै समस्या निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिम रोक्न मद्दत गर्छ ।

जल निकासी प्रणालीमा विभिन्न प्रकारका ड्रेनेज पाइप प्रयोग गरिन्छ । गुणस्तरीय पाइप छनोट गर्न नसक्दा पाइप फुट्ने, चुहिने, खिइएर जाने, पाइपभित्र जीवाणु फैलिने, जाम हुने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने जस्ता समस्या आउने गर्छन् । पाइप भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्ता सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । त्यसैले निर्माणका क्रममा नै गुणस्तर प्रमाणित पाइप प्रयोग गरे समस्याबाट जोगिन सकिन्छ ।

मंगलम इन्डस्ट्रिजका अनुसार बजारमा प्रयोगको प्रकारअनुसार छुट्टाछुट्टै किसिमको ड्रेन पाइप उपलब्ध छन् । जस्तै, भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै पाइप, भेन्टिलेसनका लागि भेन्ट पाइप, वर्षाको पानी संकलनका लागि डाउन स्पाउट पाइप प्रयोग गरिन्छ । मंगलम प्रोड्रेन पाइप आइएस १३५९२ अनुसार रिङफिट र सेल्फिट दुवैमा टाइप ‘ए’ र टाइप ‘बी’ गरी दुई फरक प्रकारका उत्पादन छन् । टाइप ‘ए’ का पाइप भेन्टिलेसन र वर्षाको पानी संकलनमा प्रयोग गरिन्छ भने टाइप ‘बी’ का पाइप माटो र फोहोर निकासी अनुप्रयोगका लागि प्रभावकारी हुन्छ । यी पाइप एकल सकेट र डबल सकेटसाथ विभिन्न लम्बाइ तथा आकारमा उपलब्ध छन् ।

मंगलमका सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । कम्पनीका सबै उत्पादन आइएसओ ९००१ः२०१५ प्रमाणित रहेका छन् भने मंगलमको सिपिभिसी, पिभिसी र एचडिपिई पाइप आइएसओका साथै नेपाल गुणस्तर (एनएस) चिहृन पनि प्रमाणित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?