पाल्पाका दश पालिकालाई चार अर्ब आठ करोड बढी बजेट

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पाका स्थानीय तहहरूलाई चार अर्ब आठ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ ।

दूई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा संघीय सरकारले आगामी आर्थिक वर्षको लागि चार अर्ब आठ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यहाँ सरकारले चालू आर्थिक वर्ष ०७८÷७९ मा भने ३ अर्ब ८१ करोड ७५ लाखको बजेट विनियोजन गरेको थियो । अहिले भने यहाँ बजेटको आकार घटेको छ ।

सरकारले तानसेन नगरपालिकालाई चालुतर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालुतर्फ ४४ करोड ३१ लाख, पुँजीगत तर्फ ५ करोड ५० लाख गरी ४९ करोड ८१ लाख विनियोजन गरेको छ ।

यस्तै तिनाउ गाउँपालिकालाई चालुतर्फ २९ करोड १ लाख, पुँजीगत तर्फ १ करोड ५३ लाख गरी ३० करोड ५४ लाख, निस्दी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ८९ लाख, पुँजीगततर्फ ३ करोड ८६ लाख गरी ३९ करोड ७५ लाख, पूर्वखोला गाउँपालिकालाई चालुतर्फ २९ करोड ८९ लाख, पुँजीगततर्फ २ करोड ९९ लाख गरी ३२ करोड ८८ लाख रकम विनियोजन भएको छ ।

यसै गरी संघीय सरकारले बगनासकाली गाउँपालिकालाई चालुतर्फ ३२ करोड २७ लाख, पुँजीगत तर्फ २ करोड ४६ लाख गरी ३४ करोड ७३ लाख, माथागढी गाउँपालिकालाई चालुतर्फ ३५ करोड ५८ लाख, पुँजीगततर्फ ३ करोड ५ लाख गरी ३८ करोड ६३ लाख, रम्भा गाउँपालिकालाई चालु तर्फ ३० करोड २५ लाख, पुँजीगततर्फ ४ करोड गरी ३४ करोड २५ लाख, रिव्दीकोट गाउँपालिकालाई चालु तर्फ ३३ करोड ४ लाख, पुँजीगततर्फ २ करोड ४० लाख गरी ३५ करोड ४० लाख र रैनादेवीछहरा गाउँपालिकालाई चालुतर्फ ४१ करोड १४ लाख, पुजीगततर्फ ४ करोड ५१ लाख गरी ४५ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले पाल्पालाई चालुतर्फ ३ अर्ब ६५ करोड १७ लाख, पँुजीगततर्फ ४३ करोड ५ लाख बजेट विनियोजन गरेको हो ।

चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षको लागि तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवीछहरा गाउँपालिकामा बजेट बढेको छ । तिनाउ गाउँपालिका, माथागढी गाउँपालिकामा भने बजेट घटेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?