१९औं हस्तकला ब्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिताको आयोजना

Read Time = 7 mins

काठमाण्डौं । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्षको पावन अवसर पारेर विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हस्तकला ब्यापार मेला तथा हस्तकला प्रतियोगिताको आयोजनागर्ने भएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, होटल हायात रिजेन्सी, नबिल बैंक,DHL Express Nepal Ltd., Nepal Airlines, Lucky Travel, अजोड इन्स्योरेन्स, Exhibition Light House, Event Solution, Nepal Exhibitors Association, Netradham Eye Care Center Pvt.Ltd. आदि लगायतको सहयोगमा यही २०७९ मंसिर २३ देखि २७ गते सम्म होटेल हायात रिजेन्सी, बौद्ध, काठमाडौंमा १९औ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको हो ।

उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ ।

मेलाको समुद्घाटन सम्माननीय राष्ट्रपतिज्यूूबाट सुसम्पन्न गराउने कार्यक्रम रहेको महासंघले जनाएको छ । मेला अवलोकनका लागि नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, उच्च पदस्थ अधिकृतज्यूहरु, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिका नियोगका महामहिमज्यूहरु लगायत राष्ट्रिय जीवनको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिने महासंघले जनाएको छ ।

मेलामा ४ वटा प्याभिलियनसहित करिब १३० स्टल रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा पाकिस्तानबाट व्यापारीहरुको लगभग ३ वटा स्टल रहने छन् । मेलामा रहने स्टलहरु मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।

व्यापार मेलामा महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । मेलामा प्याभिलियन मार्फत बागमती प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट महिला उद्यमीहरुको प्याभिलियन, Wean Cooperative, ललितपुरका विभिन्न वडाहरुको समूह, Nepal Exhibitors Association आदिको सहभागिता रहने छ भने विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरुको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवा सम्बन्धी जानकारी मूलक स्टलहरु समेत रहेका छन् ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति (NTIS) कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा महिला, अपांग, Acid Borne survivor र पिछडिएका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।

नेपाल हस्तकला महासंघले लोपोन्मुख कलाकृतिहरुको जगेर्ना, मौलिक कलाको संरक्षण गर्नुको साथै नयाँ पुस्ताका कलाकार/कालिगढहरुलाई आफ्नो पेशाप्रति आकर्षित गरी कला पुस्तान्तरण गर्न तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग गरी अझ समुन्नत बनाउन, कलाकारहरुको खोजिनीति एवं राष्ट्रिय अन्तराष्ट्रियस्तरमा स्तरमा प्रतिभा पहिचान गराउने उद्देश्यले २०४८ साल देखि परम्परागत विधा एवं समकालिन विधाहरुमा हस्तकला व्यापार मेलाको अवसरमा हस्तकला प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । उक्त मेलाको प्रमुख आर्कषणको रुपमा रहेको यस पालिको १७ अैां संस्करणको हस्तकला प्रतियोगिता अन्तर्गत परम्परागत विधा तर्फ काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरुड (बन्टेज)को मूर्ति निर्माण प्रतियोगिता र समसामयिक विधा तर्फ प्राकृतिक रेसाहरुको प्रयोगबाट हस्तकला मफलर डिजाइन तयार गर्ने प्रतियोगिता संचालना गरिने छ ।

मेलाको अवसरमा विभिन्न हस्तकलाका विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिर जिल्लाका १० जना, ७० बर्ष नाघेका जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रब्यापी सम्मान गरि कार्यक्रम संचालन गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाएरसहित ताम्रपत्र पत्र प्रदान गरि सम्मान गरिने महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?