आफूलाई भेट्न खुमलटार आएका सिटौलालाई प्रचण्डले भने : सरकारको नेतृत्व मैले गर्दा गठबन्धन जोगिन्छ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो।

नयाँ सरकार गठनका लागि माओवादी अध्यक्ष प्रचण्डको मुड बुझ्न खुमलटार पुग्नुभएको सिटौलासँग प्रचण्डले कांग्रेसको आन्तरिक बेमेलको विषयमा पनि चासो राख्नुभएको थियो ।

समाचार स्रोतका अनुसार प्रचण्डले कांग्रेसमा आन्तरिक किचलो रहेको जसलाई चिर्न पहिलो चरणमा सरकारको नेतृत्व आफूले गर्दा गठबन्धन जोगिने समेत बताउनु भएको थियो ।

प्रचण्ड र सिटौलाबीच एक घन्टा बढी छलफल भएको थियो। उहाँहरुबीच सरकार गठनलगायत समसमायिक विषयमा पनि छलफल भएको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि प्रचण्ड कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्न साना दललाई हात लिएर सरकारको नेतृत्व गर्न शक्ति निर्माण गर्ने अभियानमा जुट्नुभएको छ ।

प्रचण्डले आजै स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी हुनुभएका प्रभु साहसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रचण्ड साना दलहरूलाई एकीकृत गरेर शक्ति निर्माण गर्ने र कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्ने सोँचमा रहेको उहाँ निकट नेताहरुको भनाइ छ।

केही दिनअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?