कतार विश्वकपको क्वाटरफाइनल आजबाट

ब्राजिलविरुद्ध क्रोएसिया तथा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्स भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शुक्रबार)बाट क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछ । विश्वकपमा आज दुई खेल हुँदैछन् ।

अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिल र साविक उपविजेता क्रोएसिया तथा दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्दै छन् । कतारको एजुकेसन सिटी रंगशालामा हुने पहिलो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो ।

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

नेदरल्यान्ड्स आठ वर्ष पहिलेको हारको बदला लिने दाउमा हुनेछ भने लियोनल मेस्सीको टिम फेरि उसलाई निराश बनाउन चाहन्छ। लियोनल मेस्सीले तेस्रोपटक नेदरल्यान्ड्सविरुद्ध विश्वकप खेल्न लागेका हुन्।

अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?