रोमान्टिक कमेडी फिल्म नगर्ने रणवीर कपुरको घोषणा

Read Time = 2 mins

मुम्बई । अभिनेता रणवीर कपूर बलिउडको रोजाइका अभिनेतामा पर्छन् । समय-समयमा आफ्नो अनस्क्रिन अभिनयले उनले लाखौं दर्शकको मन जितिसकेका छन् । दर्शकलाई उनको रोमान्टिक कमेडी फिल्म निकै परेका छन् । यहीकारण उनको यस किसिमको फिल्म हेर्न चाहने दर्शकको संख्या उल्लेख्य छ ।

यी अभिनेता चाँडै नै अर्को एक रोमान्टिक कमेडी फिल्ममा देखिँदैछन् । सम्भवतः यस किसिमको फिल्म उनको करियरकै अन्तिम फिल्म हुनेछ । यो कुराको खुलासा स्वयम् रणवीरले गरेका छन् ।

‘मलाई थाहा छैन, तर यो सायद मैले गर्ने अन्तिम रोमान्टिक कमेडी हुनेछ । किनकी म बुढो हुँदै गएको छु’, उनले भनेका छन् । रणवीरको नयाँ अनाम रोमान्टिक फिल्मको निर्देशन लव रञ्जनले गरेका छन् । फिल्ममा उनको को-स्टार श्रद्धा कपूर छिन् ।

यो फिल्मबाहेक उनी फिल्म ‘एनिमल’मा पनि देखिँदैछन् । फिल्ममा उनी ग्रे शेडको चरित्रमा देखिनेछन् । फिल्मका निर्देशक सन्दीव वांगा रेड्डी हुन् । रणवीरको अभिनय रहेको पछिल्लो फिल्म ‘ब्रह्मास्त्र’ हिट साबित भइसकेको छ । यसले बक्सअफिसमा २५७ दशमलब ४४ करोड कलेक्सन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?