अराजकता, वितण्डा र भद्रगोलको भुमरीमा देश !

बद्रीप्रसाद दाहाल
Read Time = 13 mins

यतिखेर संविधान, ऐन, नियम र कानुुनहरूको कार्यान्वयन फितलो हुनपुुग्दा राजनीतिक प्रणालीको प्राणवायुुको आयुु धर्मराएको छ भने नेपालका राजनीतिक दलहरूको फौबन्जारी प्रवृत्तिले अधिकांश जनता दलहरूप्रति वाक्कदिक्कमा छन् । जातीय सद्भाव, धार्मिक सहिष्णुता, भौगोलिक एकता, सांस्कृतिक आस्था र आदरमा विवादका काला बादल मडारिन थालेका छन् । देशमा सघन रूपले व्याप्त हुनलागेको आर्थिक मन्दीले बजारमा चालीस प्रतिशत सटरहरू बन्द हुन पुुगिसके । ऋणीहरू समयमै बैंकको ब्याज तिर्न नसकेर उदास, हतास बनी किंकर्तव्यविमूढमा परेका छन् ।

हालै प्रधानमन्त्री, मन्त्री र प्रशासकहरूका भ्रमणले चार अर्ब रुपैयाँ झ्वाम भएको समाचार यत्रतत्र छ । विसं २०७० सालदेखि हालसम्म हामीले चुनेका शासक प्रशासकहरूबाट भ्रमणबापत तेत्तीस अर्बभन्दा बढी रुपैयाँ खर्च भएका तथ्याङ्कहरू समाचार बन्दा जनताका मनमा विद्रोहका राँका बल्दैनन् ?

यो आर्थिक वर्षमा सात प्रतिशतभन्दा माथि मूूल्य बढ्दैन भन्ने सरकारी तथ्याङ्क मिथ्याङ्क बनी पैँतालीस प्रतिशतमा उक्लेर आमउपभोक्ताको ढाड सेक्दैछ । कालो बजारी र मूूल्यनियन्त्रण गर्न सरकारी निकायहरू अक्षम र असमर्थ देखिएका छन् । जुन देशमा कार्यकारिणी प्रमुख इन्धनलगायत अन्य वस्तुको मूूल्य बढेकोमा जानाकारी नभएको र संसदमा पारित गरेकै विधेयकबारे आपूm अनभिज्ञ भएको बताउँछन् भने त्यस्तो देशमा अराजकताको वितण्डा मच्चिएर देश भद्रगोलको भुँमरीमा नपर्ने कुरै भएन । हो आज हामी बिस्तारै यही नियतिमा ओरालो यात्रा गर्दैछौँ ।

यसपालिको संविधान दिवसको उपलक्ष्यमा न्यायपालिकालाई ठाडो चुनौती दिएर कार्यपालिकाले कैदीबन्दी रिहाइमा जुन निर्णायक सिफारिश गरायो र राष्ट्रपतिले तत्काल त्यसलाई स्वीकारे यसले जनमानस उद्वेलित बन्न गएको छ । संविधानविद् विपिन अधिकारीको शब्दमा : ‘संविधान दिवसका अवसरमा जसरी कैद मिनाहको छुुट दिइयो यो दण्डहीनताको उपज हो । राष्ट्रपति र मन्त्रिपरिषद् सर्वोच्च अदालतभन्दा ठूूला होइनन् । महामहिम राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णायक रायलाई एकपटक फर्काउन सक्नुुहुुन्थ्यो नि’ ।

देशमा शान्तिसुरक्षाको स्थिति आशालाग्दो देखिँदैन । दिनदहाडै इन्द्रजात्राको दिन काठमाडौंको मुुटु मानिने न्युरोडमा सत्र वर्षीय एक किशोरको छुुरा प्रहारबाट मृत्युु भएको छ । सामाजिक सञ्जालका भित्ताहरूमा अश्लील गाली, चर्का झगडा, कुुस्ताकुुस्ती, जुलुस र नाराबाजीका तमासाहरू हेर्नै नसक्ने गरी आँखामा ठुुङ मार्छन् । मन्त्री र कर्मचारीहरूका कमाउमुखी तृष्णा मेट्न अनावश्यक स्वदेश तथा विदेश भ्रमणले सरकारको मितव्ययी नीतिको प्रतिबद्धताको लगौटी फुक्लिएको छ । हालै प्रधानमन्त्री, मन्त्री र प्रशासकहरूका भ्रमणले चार अरब रुपैयाँ झ्वाम भएको समाचार यत्रतत्र छ । विसं २०७० सालदेखि हालसम्म हामीले चुनेका शासक प्रशासकहरूबाट भ्रमणबापत तेत्तीस अर्बभन्दा बढी रुपैयाँ खर्च भएका तथ्याङ्कहरू समाचार बन्दा जनताका मनमा विद्रोहका राँका बल्दैनन् ?

हालै प्रधानमन्त्रीको भारत, अमेरिका, चीन तथा अन्य राष्ट्रहरूको भ्रमणलाई लिएर मनग्गे टिप्पणीहरू आएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल-‘सरकार प्रमुख फुर्सदमा हुने पद होइन, अनावश्यक लामो गैरजिम्मेवार पर्यटक बनेर प्रधानमन्त्री भ्रमणमा जानु ठीक होइन । कार्यकारिणी प्रमुख पदलाई तीर्थाटन गर्ने, गेरुवस्त्र धारण गर्ने, कविता लेखेर हिँड्ने फुुर्सद हुुँदैन’ भन्नुहुन्छ । पूूर्वमुख्यसचिव एवं स्रष्टा विमल कोइराला : ‘प्रधानमन्त्री लगायतकाले विदेशभ्रमणलाई छुट्टीको रूपमा लिन थाले । देशभित्र डाक्टर र टिचरलगायत आन्दोलमा छन् । हस्पिटल स्कुल खाली छ’ भन्नुहुन्छ ।

विगत केही वर्षदेखि देशको अर्थतन्त्र गहिरो अप्ठ्यारो र उदासीन थितिमा परेको छ । यसको निवारण कसरी गर्ने भनेर गम्भीर मार्ग दर्शन हुनुुपर्नेमा देशको जिम्मा लिएकाहरू चिन्तन र चिन्तामा डुुब्नै सकेनन् । विश्वबैंकको ताजा प्रतिवेदन अनुसार यतिखेर नेपाल तेह्र सय चालीस अमेरिकी डलर प्रतिव्यक्ति आयमा छ । यो विश्वकै सबैभन्दा दरिद्र देशको सूचीमा २७औं स्थानमा गजधम्म छ । विश्लेषक अच्युत वाग्लेका शब्दमा : ‘सरदर आयबाहेक शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाप्रदायका संस्थाका संस्थागत क्षमता, लोकतन्त्रको अभ्यास तथा विधिको शासनजस्ता सूचकाङ्कबाट देश दयनीय स्थितिमा पुुगेको छ’ ।

विगत केही दशकदेखि भएका बन्डावादमा आधारित निकृष्ट दलीय गठजोड वा गठबन्धनले लोकतन्त्रको प्राणतत्व जवाफदेहिता, सुुशासन र पारदर्शितामा धावा बोलेर संविधानको स्पीरिटलाई हँदैसम्म मिचेको मिच्यै छ । ‘अराजकता’ भनेको अव्यवस्थित शासन, परिस्थिति, नियम, अनुशासन नमिलेको दुर्दैन्य दशा हो ।

वैदिक सनातन सभ्यता, बौद्ध दर्शनको शिष्टता र प्रकृतिपूजक किरातहरूको सौम्यताको त्रिवेणी बोकेको नेपाल शान्त र कान्त स्वर्गीय भूमि हो । अर्थात् हाम्रो देश ज्ञानविज्ञानका अनुसन्धान तथा खोजकार्य गर्न तपस्यामा लीन ब्रहृमर्षि, देवर्षि र राजर्षिहरूको घना आवादको साधनाको प्रयोगशाला हो । संसारकै श्रेष्ठतम ग्रन्थहरू वेद, त्रिपिटक र मुन्धुमका उदात्त मानवतावाद, सहअस्तित्ववाद तथा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्ति माकश्चिद् दुुःखभाग्जनः’ को लोककल्याणकारी पावन विचारहरू प्रवाहित हुने गौरवको थलो हो । राणा र निर्दलीय पञ्चायतको सङ्कुचित राजनीतिक एकाधिकारवादी गञ्जक भत्काउँदै भएका नाना थरी आन्दोलनमा धेरै देशभक्त योद्धाहरूको रगतको भल बग्यो ।

२०४६ पछि लोकतन्त्र प्राप्ति हुन गयो र नयाँ संविधान बन्यो । छ वर्षको कलिलै मुनालाई दलाल पुँजीवादी र बुुर्जुवाहरूको विभेदकारी शासन भनेर जनवादको नाममा धेरै निरीहरूको रगतको होली खेल्ने हिंसाले झन्नै एक दशक देशलाई बरालियो । पचासौं वर्षआर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबबाट पछि पार्दै ध्वंशका ताण्डव रचिए । कालान्तरमा शान्ति स्थापनाको नाममा बाह्र बुँदे सम्झौता भई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ खाष्टो ओडाएर व्यवस्थालाई भद्दा मेकप गरी संविधान बनाइयो । यतिखेर व्यवस्थामा सुन्दर शाब्दिक खोल हालेर चरम स्वार्थले ग्रस्त हुँदै दललाई विचारविहीन र नैतिक धरातलबाट चिप्ल्याएर उत्पीडक नेतातन्त्र देश र जनतामाथि अराजकताको वितण्डा मच्चाई देशको अस्मिता हरण गरिरहेका छन् ।

विगत केही दशकदेखि भएका बन्डावादमा आधारित निकृष्ट दलीय गठजोड वा गठबन्धनले लोकतन्त्रको प्राणतत्व जबाफदेहिता, सुुशासन र पारदर्शितामा धावा बोलेर संविधानको स्पीरिटलाई हदैसम्म मिचेको मिच्यै छ । ‘अराजकता’ भनेको अव्यवस्थित शासन, परिस्थिति, नियम, अनुशासन नमिलेको दुर्दैन्य दशा हो । जनताको शान्तिसुरक्षा नहुने र संविधान, कानुन, ऐन, नियमहरूले घुँडा टेक्नुु परेको परिवेश हो । यतिखेर देशमा वितण्डा मच्चिरहेको छ । सामान्यतया ‘वितण्डा’ भन्नाले अरूका कुरा नसुनेर आफ्नैमात्र कुरा माथि पार्ने गलत प्रयत्नको वृत्ति, निरर्थक कुरो, बकबास, विनाकारणको झैझगडा र अहंहरूको निरर्थक टकराव बुझिन्छ ।

यिनै बिनसित्तिका द्वन्द्व, झैझगडा सिस्नुुझैँ मौलाएर सबै राजनीतिक संस्था विष्णु अर्थात् शान्तिपूूर्ण निःस्वार्थ परिवेश बिर्सिरहेका कारण भद्रगोल अर्थात् धेरै गज्याङगुजुुङ वा गन्जागोलले ठूलो अलमलको भासमा गाडिन पुुगेको छ देश । सरकार तथा नियामक निकायहरू बोलीको लोली मात्र मिलाउने तर दृढ मनले कार्यान्वयन गर्न आलेटाले गरिरहेका छन् । वर्तमान सरकार र पुुराना दलहरूप्रति अधिकांश जनता कति रुष्ट र आक्रोशित छन् भन्ने कुुरा यस वर्षको इन्द्रेजात्रामा वसन्तपुरको भीडले देखायो । मूलधार भनेर गौरव र अभिमान बजार्ने दलप्रति जनता विस्तारै बिरानो हुँदै गएका छन् ।

कतिपय विजयको माला पहिरिएका कथित प्रतिनिधिहरू मलाई त दलले होइन हजुरहरूले जिताउनुु भएको हो भनेर निश्चित धार्मिक जत्थालाई जस बाँडेर दलीय सिद्धान्तबाट च्युत भएको प्रमाण पेश गर्दछ । दलीय मूूल नाइकेहरू चोखा भरलाग्दा र नैतिक बल भएका भेटिनै कठिन भइसक्यो । अस्वस्थ र अयोग्य भागबण्डाले आक्रान्त पारेको देशमा कसरी न्याय, समता र विवेकका शरद्गुच्छा फुल्लान् ! अराजकता, वितण्डा र भद्रगोलको भुँमरीमा देश पर्नु भनेको चरम भयावह स्थितिको द्योतक हो । अस्तु !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?