एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको निधन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उहाँको हृदयाघातका कारण शुक्रबार साँझ निधन भएको हो। खेतमा काम गरिरहेका वेला उहाँलाई हृदयाघात भएको थियो।

उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा उहाँलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताउनुभयो ।

स्वर्गीय पाण्डेको पार्थिव शरीर आज बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उहाँको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने गैरेले जानकारी दिनुभयो ।

मृतक पाण्डे राजनीतिमा राम्रो छवि भएका नेता हुनुहुन्थ्यो । पहिले एमालेमा रहनुभएका उहाँ पार्टी विभाजन पछि एकीकृत समाजवादीमा आउनु भएको थियो । मृतक पाण्डेका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?