बेनीका अस्थायी टहरा हटाएर सडक फराकिलो बनाइँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित वीरेन्द्रचोकमा रहेका अब्यवस्थित व्यवसायीक टहरा हटाएका छन् । बेनी नगरपालिकाको निर्देशन नगर प्रहरीको सक्रियतामा विरेन्द्रचोकको टहरा ब्यवसायीले हटाएका हुन् ।

विरेन्द्रचोकको सडक छेउछाउमा बनाएका ब्यवसायिक टहरा हटाउन बेनी नगरपालिकाले ३५ दिनमा संरचना हटाउन मंसिर १५ गते सार्वजनिक सूचना जारी गरेको थियो । नगर प्रहरीको ताकेताअनुसार ब्यवसायीले टहरा हटाएका हुन् ।

वीरेन्द्रचोकेखि नगरगेटसम्मका सवै टहरा, व्यवसायीक टंकी र ठेला हटाएर नाली सहित सडक फराकिलो बनाउने र ढलान गर्ने नगरको योजना थियो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत बिरेन्द्रचोक देखि नगरपालिका कार्यालय अगाडीसम्म पराकिलो बनाउने, ढलान, नाली निर्माण लगायतको योजनासहित भगवती मालिका कन्ट्रक्सन प्रालीले ७५ लाखमा ठेक्का लिएर काम सुरु गरेको छ ।
विरेन्द्रचोकमा फराकिलो सडक, सार्वजनिक स्थलमा पार्क, नगरले ब्यवस्थित पुर्वाधार निर्माण गर्ने योजनासहित अब्यवस्थित टहरा हटाएर पुर्वाधार निर्माण कार्य अघि बढेको बेनपा ७ का वडा अध्यक्ष एवम् प्रवक्ता रमेश श्रेष्ठले बताउनुभयो । विरेन्द्रचोकमा सडक पराकिलो भएपछि सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पार्किङ, विभिन्न कार्यक्रम गर्नका लागि सहज हुने छ ।

बेनी नगरपालिकाले वडानम्वर ८ मा पर्ने कालीपुलको बसपार्कमा रहेका अव्यवस्थित संरचना पुष १५ गते डोजर लगाएर हटाएको थियो । नगरपालिकालाई सफा, सुन्दर र विकसित बनाउनका लागि सार्वजनिकस्थलका अब्यवस्थित संरचना हटाउने अभियानलाई तिव्रता दिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?