गुडिरहेको जिपमा पहिरो खस्दा तीन जनाको मृत्यु, पाँच जना घाइते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पिया पुरिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

तानसेन-तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुंगासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा तीन जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिनुभयो । मृतकको सनाखत हुन भने बाँकी रहेको छ ।

तम्घासबाट बुटवलतर्फ जाँदै गरेको स्कार्पियो विहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेको पहिरोमा पुरेको हो ।

प्रहरी र स्थानीयवासीले तत्काल पाँच जना घाइतेलाई थप उपचारको लागि तानसेनस्थित मिसन अस्पताल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनामा उद्धार कार्य चलिरहेको छ । तम्घासबाट आठ जना यात्रु लिएर बुटवल तर्फ आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?