काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेक २०२४ माघ २५ गतेदेखि भृकुटीमण्डपमा हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल(क्यान महासंघ) को आयोजनामा हुने २९औँ संस्करणको क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि, लगानी तथा सो क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि सहयोगी हुने आयोजकले जनाएको छ ।
२९औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बिपिई प्रालि रहेको छ भने इन्फोटेकको आधिकारिक नाम एस पावर क्यान इन्फोटेक २०२४ रहेको छ । सहयोगी प्रायोजकमा एचएमसी दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउण्डेसन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सिल्भर स्पोन्सरमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पिएनवइ रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच