काठमाडौं । चलचित्र ‘महाजात्रा’को पोष्टरमा हरिवंश आचार्यलार्य भिलेन अवतारमा प्रस्तुत गरिएको छ । निर्माण युनिटले बिहीबार चलचित्रको एक पोष्टर सार्वजनिक गरेको हो । जसमा अभिनेता आचार्यलाई केन्द्रमा राखिएको जहाँ उहाँको भिलेन अवतार प्रस्तुत छ ।
यसअघिको पोष्टरमा हरिवंश हिृवलचियरमा हुनुहुन्थ्यो । पोष्टर हेर्दा यो पटक चलचित्रका मुख्य तीन पात्र विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बनियाँलाई हरिवंशले घुमाउने अनुमान गर्न सकिन्छ ।
‘महाजात्रा’ आगामी चैत ९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । प्रदीप भट्टराई निर्देशित चलचित्र यो वर्षको प्रतिक्षित फिल्मको सूचिमा पनि छ ।
लेखन समेत निर्देशक भट्टराईको रहेको चलचित्रमा वर्षा राउत, राजाराम पौडेल, दिव्य देवलगायतका कलाकारको समेत अभिनय छ । षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । चलचित्र कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुनुहुन्छ पुरुषोत्तम प्रधानले छायांकन गर्नुभएको हो ।
विशाल ग्रुपका अनेक बदमासी, अनुसन्धानको
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच