विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको निधन

Read Time = 2 mins

दोहा । विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको निधन भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको निधन भएको हो । ४८ बर्षीय ग्रान्ड चर्चित खेल पत्रकार हुनुहुन्छ । उहाँले फिफा विश्वकप फुटबलको लगातार रिर्पोटिङ गरेको यो आठौं पटक हो । उहाँले सन् १९९४ को विश्वकपदेखि लगातार विश्वकपको समाचार संकलन गर्दै आउनुभएको थियो । ग्रान्डलाई शुक्रबार समाचार संकलनकै क्रममा हृदयघात भएको बताइएको छ ।

युएस सकरले शनिबार बिहान एक वक्तब्य जारी गर्दै ग्रान्टको मृत्यु भएको उल्लेख गरेको छ । युएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुःख लागेको पनि जनाएको छ । ग्रान्ट रंगशालाको प्रेस बक्समा बसेर फुटबल हेरिरहेकै अवस्थामा एक्कासी ढल्नुभएको थियो ।

लामो समय अमेरिक म्यागजिनमा काम गर्नुभएका ग्रान्ट पछिल्लो समय अनलाइन पोर्टल ‘सबस्ट्याकमा’ समाचार लेख्दै आउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?