गण्डकी प्रदेशसभाको अवरोध हट्यो

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । गण्डकी प्रदेशसभाको अवरोध हटेको छ । एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गरेको अवरोध हटेको हो ।

बैठक अवरोध गर्दै आएका एमाले र राप्रपाले बैठक सञ्चालनमा गर्न सहमत भएका हुन् ।

१८ असारमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको अभिव्यक्ति दिनुभएकाे थियो ।

सोही अभिव्यक्तिलाई लिएर एमाले र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा अवरोध गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?