पुँजी कोषमार्फत् बैंकिङ जोखिम सम्बोधनमा जोड

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा परेको जोखिम पनि पुँजी कोषका माध्यमबाट नै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेशनल बैंक अफ कम्बोडियाद्वारा सिम रिपमा आयोजित ५८औँ गभर्नर कन्फरेन्स र सिसेनको ४२औँ गभर्नर बैठकमा बोल्दै उहाँले वातावरणीय परिवर्तनको जोखिम न्यूनीकरण गर्न बैंकहरूले पुँजी कोषको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा युरोपियन केन्द्रीय बैंककी अध्यक्ष क्रिष्टिना लेगार्ड, अन्तर्राष्ट्रिय मुद्राकोषका अधिकारीहरू, सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरको सहभागिता रहेको थियो ।

सम्मेलनमा कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा पारेको प्रभाव, विश्वव्यापी आर्थिक मन्दीको संकेत, बढ्दो मुद्रास्फीति र वातावरणीय परिवर्तनले वित्तीय प्रणालीमा पारेको प्रतिकूल प्रभावलगायतका नीतिगत चुनौतीबारेमा विज्ञहरूबीच छलफल भएको थियो । अध्यक्ष लेगार्डले कोरोना संक्रमण, युक्रेन युद्ध, इन्धनको सीमित स्रोतलगायत पछिल्लो विकसित परिस्थितिबाट विश्वव्यापीरूपमा बढेको मुद्रास्फीति नियन्त्रण गर्नु सबै केन्द्रीय बैंकका लागि चुनौती बनेको बताउनुभयो । केन्द्रीय बैंकहरूले वातावरणीय परिवर्तन, महामारीलगायतका क्षेत्रका विशेषज्ञसँग समेत परामर्श गरी नीति तयार गर्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्राकोषतर्फबाट पनि विभिन्न विषयमा प्रस्तुतीकरण र राउण्ड टेबल छलफल भएको थियो ।

सिसेनका कार्यकारी निर्देशक मंगोल गोश्वामीले २०२२ मा भएका गतिविधि तथा चालु रणनीति कार्यान्वयन अवस्थाबारेमा जानकारी गराउनुभएको थियो । बैठकमा सन् २०२३ का लागि प्रस्तावित कार्यक्रम, बजेट, लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसमेत स्वीकृत भएका छन् । हाल एसिया प्यासिफिक क्षेत्रका १९ केन्द्रीय बैंकको प्रतिनिधित्व रहेको सिसेनमा संस्थापक सदस्यको हैसियतले नेपालतर्फबाट गभर्नर अधिकारीले सहभागिता जनाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?