श्वेतालाई विश्व शारीरिक सुगठनमा रजत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल हुनुभएको छ । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल हुनुभएको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभएको छ । यस पदकका साथै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ । पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जित्नुभएको थियो ।

थााइल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोटर््स संघको आयोजनामा भएको च्याम्पियनसिप महिला मोडल फिजिक्सतर्फ फाइनल प्रवेश गर्ने क्रममा १० प्रतिस्पर्धीबीचबाट उत्कृष्ट पाँचमा पर्दै फाइनल प्रवेश गर्नुभएकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाइल्याण्ड तथा मंगोलियाका खेलाडीहरूलाई उछिन्दै दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको हो । यस विधामा हङकङ चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल हुनुभयो ।

संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीको प्रशिक्षकमा विश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहनुभएको छ । यस्तै, निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहनुभएको छ ।

च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरूलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो व्यक्तिगततर्फबाट नगदबाट सम्मान गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त गर्ने खेलाडीलाई नगद एक लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गर्नुभएको टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोटर््स फेडेरेशनका साइन्स एण्ड रिसर्चका अध्यक्ष, एसियन शारीरिक सुगठन फिजिक्स स्पोर्ट्स फेडेरेशनका उपाध्यक्ष एवं दक्षिण एसियाली महासंघका अनररी लाइफटाइम अध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?