वडा कार्यालयको रकमबाट विद्यार्थीलाई छात्रवृति

Read Time = 4 mins

-श्याम घिमिरे
अर्घाखाँची । सन्धिखर्क नगरपालिका ५ नं वडा कार्यालयले पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा अध्ययनरत छात्रा ÷छात्रहरूलाई छात्रवृत्ति बितरण गरेको छ ।
सोमवार एक कार्यक्रमको आयोजनागरी ५ नं वडाको वाङ्गलामा रहेको जीवनोद्धार माविबाट १२ कक्षा पास गरि पाणिनी बहुमुखि क्याम्पसमा स्नातकहतमा अध्ययनरत १३ जना गरीब तथा जेहेन्दार छात्रा÷छात्रहरूलाई बार्षिक कार्यक्रम अनुसार १ लाख रुपैयाँ विनियोजन गरि छात्रवृत्ति बितरण गरेको हो ।
उनीहरुलाई जनही रू ७ हजार ६ सय ९० रूपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको वडासचिव अनन्तमणि पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै वडानम्वर ५ का वडाअध्यक्ष ऋषव अधिकारीले गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन अगावै आफुले शैक्षिक क्षेत्रमा लगानी गर्नु पर्छ भनि संकल्प गरे अनुसार निर्वाचित भएपछि पहिलो वर्षमै छात्रवृत्ति बितरण गरेको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहनुभएका शैक्षिक व्यक्तित्व अधिकारीले पहिलो वर्षमा थोरै रकम छुट्टाइए पनि आगामि वर्षमा बजेट थप गरी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अधिकारीले शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी गर्न सके बसाईसराई र रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतामा कमि आउने भन्दै अरु पालीका र वडाहरुलाई शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । वडाले गरेको यस प्रकारको कार्यले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने अधिकारीको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै पाणिनी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम भुसालले वडाले गरेको कार्यको प्रशंसा गर्दै अन्य पालिका र वडाहरुले पनि यस किसिमको कार्यको सीको गर्नु पर्नेमा जोड दिनुभयो । भुसालले शिक्षा क्षेत्रको बिकासकोलागी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्राध्यापक लक्ष्मण पोख्रेल,रामलाल भुसाल,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, ४ नं.वडाका वडासदस्य चोपनारायण श्रेष्ठ, ५ नं.वडासदस्य तथा पूर्व विद्यार्थी कृष्ण भुसाल, पाणिनी बहुमुखि क्याम्पस स्ववियु सभापति लक्ष्मण खड्का लगायतले मन्तव्य राख्दै शैक्षिक क्षेत्रको बिकासकोलागी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

स्नातकोत्तर तहसम्म पढाईहुने क्याम्पसमा एक हजार भन्दा धेरै बिद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख भुसालले बताउनुभयो । उच्च शिक्षा अध्ययनकोलागी बसाई सराइ गरी बाहीर जाने र आर्थिक अभावकै कारण पठनपाठनबाट बञ्चीत हुने बिद्यार्थीहरुलाई यस प्रकारको सहयोगले पठन पाठनमा कार्यमा सहज हुने जिल्लाबासीहरुको भनाई रहेको छ । छात्रवृत्ति पाउँदा आफुहरू खुशी भएको विद्यार्थीहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?