टुबोर्गको ‘खोलौँ रमेर’ का भ्युज १० मिलियन

Read Time = 3 mins

काठमाडौं । नेपालको लोकप्रिय बियर ब्राण्ड टुबोर्ग यस वर्षको टुबोर्ग ओपनका लागि भेकले डेरुलोबाट पाएको निर्देशन तथा सुझाव प्रयोग गरी ‘खोलौँ रमेर’ नामक गीतले युट्युबमा १० मिलियन भ्युज पार गरिसकेको छ । भेक भन्नुहुन्छ, ‘मेरो गीत ‘खोलौँ रमेर’ ले यति धेरै माया पाएको देखेर म एकदम खुशी छु । म मेरा सम्पूर्ण फ्यानलाई यसका लागि धन्यवाद भन्न चाहन्छु । यस उपलब्धिले ममा नयाँ उमंग भरी मेरा गीतसंगीतले फ्यानलाई मनोरञ्जन गर्न प्रेरित गरेको छ । टुुबोर्गलाई धेरै धन्यवाद दिन चाहन्छु ।’

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्नुहुन्छ, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतिक क्षेत्रमा एकदमै गहिरो छ । कयौं वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ । सोही उद्देश्यलाई निरन्तरता दिँदै टुबोर्ग ओपनले सफल अन्तर्राष्ट्रिय कलाकार र विश्वका विभिन्न भागका उदीयमान कलाकारसँग सहकार्य गर्न उचित प्लेटफर्म उपलब्ध गराउँदै आएको छ । यस वर्षको गीत ‘खोलौँ रमेर’ ले दर्शकबाट अत्यन्तै माया पाएको देख्दा हामी एकदमै हर्षाेल्लासित छौँ र भविष्यमा पनि सोही कार्यलाई निरन्तरता दिन यसले थप आत्मविश्वास दिएको छ ।’

टुबोर्गले सधैँ संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको छ । सोही क्रममा विगत पाँच वर्षदेखि कम्पनीले टुबोर्ग ओपन अभियानलाई निरन्तरता दिएको हो । कम्पनीले नेपाललगायत भारत, चीन, टर्की, सर्बियाका साथै अन्य देशमा पनि टुबोर्ग ओपन अभियानमार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सिर्जना गर्दै आएको छ । टुबोर्ग ओपन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौँ पटक हुँदैछ भने नेपालमा यो पाँचौँपटक हो ।

टुबोर्ग ओपनको हरेक वर्ष एउटा फरक थिम हुन्छ । यस वर्षको थिम भने ‘टेक द स्टेज’ रहेको छ । यस वर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनका लागि लिएको छ भने उहाँसँगै जोडिनुभएको छ, नेपालका उदीयमान कलाकार भेक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?