कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशिल बम्जन घाइते छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?