आसियाना बासमती चामल नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । आसियाना बासमती चामल नेपाली बजारमा आएको छ । आसियाना बासमती चामलको नेपालस्थित आधिकारिक बिक्रेता रानी सति इन्टरनेसनलले कारोबार सुरु गरेको एक वर्ष पुगेको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा जिआरएम फुड्सका अध्यक्ष प्रतिप जर्ज तथा मिस इको इन्टरनेसनल रक्षा उप्रेतीको उपस्थिति रहेको कार्यक्रममा जिआरएम फुड्सका प्रबन्ध निर्देशक एनसिल जर्जले नेपालमा विश्वस्तरीय चामल उपलब्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

रानी साथी इन्टरनेसनलका अध्यक्ष ओमप्रकाश बंसलले आसियाना बासमती राइस चामलबारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा कम्पनीले देशैभर छरिएर रहेका ३० भन्दा बढी आसियाना चामलका डिलरलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?