थप फरक माग विनानै लोसपा सरकारमा जान तयार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताउनु भयो ।

उहाँले भन्नुभयो 'पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।' नेता  झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

उहाँले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?